काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख परिवर्तन भए । परिसरको प्रमुखमा एसएसपी सुदीपकुमार गिरीको काजसरुवा भए ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखको सरुवा गर्ने गृह मन्त्रालयको मध्ये रातिकाे निर्णय २०७८ १० गते विहानै उल्टिएको छ ।
गृहले २०७८ कात्तिक ९ गते मंगलबार मध्ये राति काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवा एयरपाेर्टमा काज सरुवा गर्ने निर्णय गरेको थियो । उनको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी सुदीप गिरीलाई पठाइएको थियो । तर उक्त निर्णय २०७८ कात्तिक १० गते विहान बालुवाटारबाट उल्ट्याइएको छ ।
गृह मन्त्री बालकृष्णा खाँणकाे मध्येरातिको निर्णय बालुवाटारको दबाबपछि उल्ट्याइएको छ एकबर्षे कार्यकाल नसकिँदै सरुवा भएपछि एसएसपी सिंहकाे सरूवालाई उल्ट्याउने लबिङमा बालुवाटारकाे शक्ति सक्रिएर भएर लागेको श्राेत बताउछ । पुगनपुग चार हप्तामा कार्यकाल पूरा गर्दै गरेका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने हठात् निर्णय यतिबेला गृह प्रशासन र प्रहरी प्रधान कार्यालय दुवैका लागि ‘गलामा अड्किएको हड्डी’ जस्तै बनेको छ । त्यसो त, ‘मिडिया स्टन्ट’मा रमाउने एसएसपी सिंह हिजोका दिनमा ओली निकट भएको आरोप लाग्ने गरेको छ । तर, पनि यही कारण उनको हठात् सरुवाको यथोचित कारण भने पक्कै थिएन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो । प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर्तनको महत्व नबुुझ्दा यतिबेला गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री दुवै आलोचनाको केन्द्रमा रहेका छन् । गृहमन्त्री खाडको अधिकार क्षेत्रमा पर्ने एसएसपी सरुवामा उनले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग एकपटक सरसल्लाह समेत नगर्नु सुरक्षा संवेदनशीलताको अर्को परकाष्ठा मान्न सकिन्छ ।

















