सिरहा । सिरहा नगरपालिकाका एक वडाअध्यक्षको मोटरसाइकलबाट लागूऔषध भेटिएको छ ।
नगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवले चलाउँदै आएको स.१ब ९३८ नम्बरको सरकारी मोटरसाइकलबाट लागूऔषध भेटिएको हो ।
नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । मोटरसाइकलबाट १५ थान नाइट्रोभेट ट्याब्लेट भेटिएको छ ।
नजिकैको होटलमा खाजा खाइरहेको बखत मोटरसाइकलबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















