काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भेटघाटसँगै ७ बुँदे छलफल भएको छ ।सोमबार भएको छलफलमा रिक्त राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचन र स्थानीय तहको निर्वाचनबारे छलफल भएको छ ।छलफलको पहिलो बुँदामा राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यको निर्वाचन मिति तोक्नेदेखि भनिएको छ ।
छलफलमा आयोगका पदाधिकारीले माघको पहिलो साताभित्र राष्ट्रिय सभाको निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सभाका सदस्यको निर्वाचन पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै गर्नुपर्ने प्रावधान रहेको छ ।प्रतिनिधिसभाका ४ र प्रदेशसभाका १८ पद रिक्तबारे उपनिर्वाचन गर्न पनि छलफल भएको छ । छलफलमा निर्वाचनसम्बन्धी कानुनहरुको संशोधन र सुधार गरी एकीकृत निर्वाचन कानुनसम्बन्धमा पनि छलफल गरिएको छ ।

















