काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का नेता तथा जिल्ला समन्वय समिति सिरहाको उपसभापति सरोज कुमार यादवको द्धारा बाढी पहिरो पीडित जनतालाइ तत्काल राहात उपलब्ध गराउन जोडदार माग गरिएको छ।
मनसुन समाप्त भएको र दशैं पर्व मनाइरहेकै बेला नेपालमा प्रकृतिले ताण्डव देखायो । गत असोज ३१ गतेदेखि परेको अविरल मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले गर्दा नेपालका विभिन्न भागमा झण्डै १०० जना नेपालीको ज्यान गएको छ र दर्जनौं मानिस अझै पनि बेपत्ता छन् ।
धेरै जना घाइते भएका छन् । हामी सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । शोक, सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । हजारौं घर–परिवारको विचल्ली भएको छ ।किसानहरुले काटेको धान नै बाढीले बगाएको वा पानीमा डुबेको छ ।
उनीहरुसँग न बस्ने बास छ, न त खाने गाँस । विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधी र लुगाफाटोका साथै घर बनाउने व्यवस्था अविलम्ब गर्न केन्द्र सरकार, प्रदेश सरकारहरु र स्थानीय तहहरुसँग जोडदार माग गर्दछौं ।
विपद्को यस घडीमा जनतालाई राहत दिलाउन र उनीहरुको व्यवस्थापनमा सबै किसिमको सहयोग गर्न संगठनका सम्पूर्ण सदस्यहरु र समर्थकहरुलाई समेत निर्देशित समेत गरिएको छ ।

















