धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै जलेर नष्ट भएको छ । यात्रुहरू भाग्यले बाँचेकाे र यत्राे आगलागीमा कसैलाइ केही हुन नपाएकाे एक यात्रुले बताए ।
धादिङ प्रहरीले भने बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको जनाएको छ ।बस जलेपछि राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीकाे सहयाेगमा आगो नियन्त्रणमा लिइएकाे थियाे । आगो लाग्नुको कारण यकीन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

















