झापा । नेकपा (एकीकृत समाजवादी) पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर आरोप लगाएका छन् ।
झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको जिकिर गरे ।
ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत हत्याराको खोजी गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
साथै राष्ट्रपति भण्डारी पनि प्रमाण लुकाउन संलग्न रहेको उनको आरोप छ ।उनले एमालेले मदन भण्डारीको नाम बेचेर खाईरहेको पनि आरोप लगाए ।

















