काठमाडौं । मनपरी भाडा लिने सवारी साधानका विरुद्ध कोटेश्वर ट्रफिक कडा रुपमा प्रस्तुत भएको छ ।चाड पर्वको मोका छोपी सवारी साधनमा जथाभावी भाडा उठाने गुनासो यात्रुहरुले आउन थालेपछि कोटेश्वर ट्रफिक कडा रुपमा प्रस्तुत भएको हो ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले आफ्ना मातहतका विभिन्न क्षेत्रमा सवारीमा चेकजाँच गर्ने गरेको छ ।
यात्रुहरुले सवारी भाडामा अनियमितता भएको गुनासो गरेपछि प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले आफै सवारी साधनमा भाडामा हुने अनियमितता गर्नेहरुलाई कारवाही गर्न फिल्डमा खटिएका हुन् ।उपत्यका बाहिर जाने/आउने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको कोटेश्वर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले बताए । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याईएको छ ।
अनुगमन र गुनासाका आधारमा दर्जनौ सवारी साधनलाई कारबाही समेत गरिएको प्रहरीले जनाएको छ ।बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं. ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं. १०० एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने देवकोटाले बताए ।ठाँउ ठाँउबाट यात्रुहरुको गुनासो आएपछि हाम्रो टोली खटिएका हौं । सवारी भाडादरमा अनियमितता गर्नेसबैलाई कारवाही गर्छौं,’ प्रहरी निरीक्षक देवकोटाले भने ।
सधै सडकमा खटिने ट्राफिक प्रहरीले कारबाही मात्र नभई कोरोना जोखिमलाई मध्यनजर गर्दै सचेतना नियम पालना गराउन लागि परेको छ । कोरोनासँग सम्बन्धित सचेतना लेखिएका प्लेकार्ड लिएर सडकका चोक चोकमा देखिन्छन् ।प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभाबी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।कोटेश्वर ट्राफिकले समय समयमा जनमुखी कार्यक्रमहरु समेत गर्दे आईरहेको छ ।

















