लहान । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शुक्रबार राती २ : ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

















