विराटनगर । झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका ८ का ३५ बर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाऊपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो ।

















