काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल वली अब नेकपा एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएकी छन् ।एमालेको नयाँ विधान महाधिवेशनले केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी हुन् ।
एमालेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुग्नुपर्ने र महिलाको हकमा ७ वर्ष कायम गरिएको छ । तर, वलीको हकमा यी दुवै योग्यता कमी छ । र उनी आगामी एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी छन् ।

















