विराटनगर । विराटनगर विमानस्थलमा बाढी पसेको छ । अविरल वर्षाका कारण केसलीया खोलामा आएको बाढी एयरपोर्टमा पसेको हो । वर्षाको पानी विमानस्थलको रनवे, ट्याक्सी वे पानी जमेको छ ।
एयरपोर्टको सबै क्षेत्रमा बाढी पसेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनले भने ुहामी त बाढी पीडित भयौं ।
उनका अनुसार निरन्तर पानी बढेका कारण क्वाटरमा पनि बाढी पस्ने जोखिम छ । बाढी पसेपछि उडान प्रभावित भएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !