काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न भागमा बाढी–पहिरो तथा लगातारको वर्षाबाट प्रभावितहरुको उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिँदै बाढी–पहिरो प्रभावितलाई राहतको व्यवस्था गर्न र विपद्मा फसेकाहरुको उद्धार गर्ने व्यवस्था मिलाउन भनेका हुन् ।
