काठमाडौं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन आठ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।
