काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फोटोबिना नै यस वर्षको बडा दशैँको शुभकामना दिएका छन् ।सधै जस्तो शुभकामना ब्यानरमा बडेमानको फोटो सहित शुभकामना दिने ओलीले यो पटकको दशैँ शुभकामनामा फोटो राखेका छैनन् ।
यस्तै शुभकामना दिँदै अध्यक्ष ओलीले यो वर्ष टिका नलगाउने घोषणा गरेका छन् । दशैँको शुभकामना दिँदै उनले टिका नलगाउने जनाएका छन् ।

















