काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा शुभकामना ब्यक्त गरेका छन् ।
आईजीपी खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट देशभर कार्यरत तथा बिभिन्न राष्ट्रसंघिय मिसनहरुमा रही शान्ति स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गरे ।
उनले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्दै जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
आईजीपी खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तिपूर्वक हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियासिल रहन कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
खनालले व्यक्तिगत स्वार्थ भन्दा माथि रहि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । उनले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोग तथा सुरक्षाका लागि देशका विभिन्न नाकाहरुमा सहायता कक्ष स्थापना गरिने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !