काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को एउटा समूहले असन्तुष्ट जनाएको छ । हिजो शुक्रबार शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै जसपामा मन्त्री बन्न नपाएका नेताहरुमा रुष्ट बनेका हुन् ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताहरुले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।यसअघि उनी मन्त्री बन्ने चर्चा थियो । तर, अध्यक्ष यादवले उनलाई मन्त्रीको सूचीबाट शुक्रबार हटाएका थिए । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित त्यहाँको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !