जनकपुरधाम । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूबाट असन्तुष्ट भएका छन् । कोठे बैठकमा रमाउने र आगामी चुनावमा जमानत जफ्त हुनेहरूको बाहुल्य रहेको टिप्पणी समेत गरेको छ ।
जसपा पार्टीको विराटनगरका नेतासमेत रहेका अमरेन्द्रले फेसबुकमा मन्त्रीहरूको छनोटलाई दुर्भाग्यपूर्ण भनी उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘’केन्द्रीय कार्यकारिणीदेखि पार्टीको आधिकारिकतासम्म अहोरात्र खट्ने जनताका नायकहरू मन्त्री मनोनयनमा छुटेका छन् । कोठे बैठकमा रमाउने र विगतका तथा भविष्यका चुनावमा जमानत जफ्त हुनेहरूको बोलबाला देखेर मन दुःखी भयो ।
उनले मन्त्री पदमा पार्टीबाट चुनिएका राजेन्द्र श्रेष्ठ र रामसहाय प्रसाद यादव बाहेक अरूलाई शुभकामना दिन नसकिने लेखेका छन् । उनको आक्रोश पार्टीबाट चारजना मन्त्री नियुक्त भएकाहरूमध्ये महिन्द्रराय यादव र रेणु यादव लक्षित रहेको छ ।
उनले आफ्नो आक्रोशपूर्ण स्ट्याटसमा चारजनाको फोटासमेत राखेका छन् । जसमा प्रदीप यादव, प्रमोद साहलगायत छन् । ती तस्बिर छुट्न नपर्नेहरूको भएको बुझिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !