काठमाडौं । मध्यरातमा हल्ला गरेर तास खेलेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १६ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्नेहरुलाई पक्राउ गरिएको भक्तपुरका एसपी शिव कुमार श्रेष्ठले बताए ।
जुवा खालबाट प्रहरीले ४१ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित तामाङ सहित १६ जना छन् । आरोपीहरुलाई जुवा ऐनमा मुद्दा चलाइने एसपी श्रेष्ठले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !