काठमाडौँ । प्रहरीले बुधबार राती बाफलमा संचालन भइरहेको अवैध जुवाघरमा छापा मारेर १९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले विशेष सूचनाको आधारमा बाफलस्थित रिजु श्रेष्ठको घरमा छापा मारेको हो । प्रहरीले जुवा खालबाट करिब तीन लाख नगद सहित दुई ठेकेदार कम्पनीको चेक समेत फेला पारेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जुवाखालबाट संयम कन्ट्रक्सन र एस एण्ड एस निर्माण सेवाको नाममा काटिएको ४८ हजार रुपैयाँको चेक बरामद गरेको हो । यस्तै घटनास्थलबाट अमिर लामा वाईवाको नामको चेक बुक समेत बरामद भएको छ ।
्रहरीका अनुसार घटनास्थलबाट दुई लाख ८६ हजार रुपैयाँमात्र बरामद भएपनि यो खालमा करोडौंको जुवा हुने गरेको थियो । प्रहरीका अनुसार नगद भन्दा चेकका आधारमा खेल हुने भएकाले थोरै रकममात्र बरामद भएको हो ।
प्रहरीले जुवाखालबाट राकेश अधिकारी, रुपेश कार्की, रबिन श्रेष्ठ, भाईकाजि बलामी, दुरुयोधन बलामी, सरण अर्याल, सुन्दर घले, लोक बहादुर थापा, राजकुमार लमिछाने, सुरेशमान श्रेष्ठ, अमिर लामा, राजु महर्जन, प्रकाश श्रेष्ठ, बिष्णु तामाङ्ग, युबराज अर्याल, सुरेन्द्र श्रेष्ठ, डेनी भट्ट, कबिन्द्र बलामी र श्याम काजि महर्जनलाई पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !