काठमाडौं । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलहरुबीच मन्त्रिपषिद्लाई शुक्रबार पूर्णता दिलाउनेसँगै प्रदेश नम्बर १ र बागमती प्रदेशको भावी मुख्यमन्त्रीमा पनि सहमति जुटेको छ ।
गठबन्धन दलको बैठकले दुवै प्रदेशमा माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)का दुई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री र प्रदेश नम्बर १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन तयार भएको छ ।
बागमती प्रदेशकी हालकी मुख्यमन्त्री अष्टलक्षमी शाक्ले भदौ २४गते विश्वासको मत लिन लागेकी छन् । प्रदेश सभाको अंकगणितअनुसार उनले विश्वासको मत पाउने अवस्था छैन ।र, उनले विश्वासको मत नपाएपछि स्वतः गठबन्धनबाट पाण्डे मुख्यमन्त्री बन्ने छन् ।
उता, प्रदेश नम्बर १ मा भीम आचार्यको ठाउँमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !