वीरगञ्ज । वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । तर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका एक सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !