काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।
जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !