काठमाडौं। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।
पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो । उनीहरुमाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए ।
बुधबारदेखि अदालतमा दशैं विदा शुरु भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा दशैं विदा हुने भए पनि यस बीचमा बन्दी प्रत्यक्षीकरण रिट भने सुनुवाइ हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !