मोरङ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी र भ्यान बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले मंगलबार रानीस्थित ढाटनजिक को २ च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच गर्दा मानव खप्पर र हड्डी फेला बताइएको छ ।
सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको शसस्त्र प्रहरीले जानकारी दिएका छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !