Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बमकाण्ड मुद्दामा पूर्व राज्यमन्त्री संजय साह लाई राहत,अन्यको सजाय यथावत

जनकपुरधाम । पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमकाण्ड मुद्दामा उच्च अदालतबाट राहत मिलेको छ ।उच्च अदालतले आईतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षडयन्त्र रचेको ठहर गरिएको छ ।षडयन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ ।

कानुन व्यवसायीहरुका अनुसार साहलाई न्युन्तम् भएपनि १० वर्षको सजाय हुनेछ । गत हप्तादेखि उच्च अदालतमा सो मुद्दाको बहस चलिरहेको थियो ।दुबै पक्षका कानुन व्यवसायीहरुको बहस शुक्रवार सकिएको थियो । सो मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको थियो ।उच्च अदालतबाट साहले राहत पाएपनि सो मुद्दाका अन्य दोषीहरुको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ ।

अन्य दोषीहरुको हकमा जिल्ला अदालतले गरेको फैसलालाई नै उच्च अदालतले सदर गरेको कानुन व्यवसायीहरुले जनाए । मिथिला राज्यको मागगर्दै रामानन्द चोकमा धर्ना बसेका प्रदर्शनकारीहरुको बीचमा शक्तिशाली बम विष्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो ।३२ जना घाइते भएका थिए ।उपचारका लागि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्डु लगिएको थियो । मिथिला राज्य संघर्ष समितिको आव्हानमा रामानन्द चोकमा धर्ना चलिरहेको थियो ।

बम बिष्फोटबाट धर्ना बसेका ५ जनाको तत्कालै मृत्यु भएको थियो ।मृत्यु हुनेमा मैथिली नाट्य क्षेत्रकी लोकप्रिय कलाकार रञ्जु झाको पनि मृत्यु भएको थियो ।उनलाई नेपाल सरकारले जनसेवाश्री पदकका लागि सिफारिस गरेको छ । २०६९ सालको बैशाख १८ गते बिहान बम बिष्फोट भएको थियो ।अत्यन्त शक्तिशाली रहेको सो बिष्फोटले घटनास्थल वरिपरिको क्षेत्र हल्लिएको थियो ।

सो बमकाण्डपछि जनकपुरधाममा लामो समय सम्म भयत्रासको वातावरण रहेको थियो ।साँझ नहुँदै मानिसहरु घर फर्कने गरेका थिए । मिथिला राज्यका अभियानीहरु मध्ये संयोजक परमेश्वर कापडी, हाल वडा नम्बर ८ का अध्यक्ष रमेशकुमार ठाकुर लगायतको हालत गंभीर थियो । सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामापनि साहलाइ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।सो मुद्दाको पेशी कात्तिक १० गते तोकिएको छ ।सिंघानिया हत्यामा पनि साहलाई मुख्ययोजनाकार रहेको प्रहरी प्रतिवेदनमा छ ।

जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा जन्मकैदको सजाय र अन्य दोषीहरुलाई समेत सजाय तोकेको छ ।त्यस अतिरिक्त साहमाथि सम्पत्ती शुद्धिकरण आयोगको ३५ करोड बिगोको मुद्दा विशेष अदालतबाट फैसला भएको छ ।अख्तियार दुरुपयोग आयोग अनुसन्धानको मुद्दामापनि ३५ करोड बिगो र ५ साल कैदको सजाय विशेष अदालतले तोकेको छ ।

साहले ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।उनी हाल काठमाण्डु कारागारमा छन् ।सिंघानिया हत्या सम्बन्धी मुद्दाको सुनवाई उच्च अदालत जनकपुरधाममा हुनेछ ।तर सम्पत्ती शुद्धिकरण र अख्तियारको मुद्दाको सुनवाई सर्वोच्च अदालतमा हुनेछ । उच्च अदालत जनकपुरधामले गरेको फैसला बिरुद्ध सरकारी वकिलको कार्यालयले अब सर्वोच्चमा पुनरावेदन गर्ने बताइएको छ ।उच्च अदालतमा जिल्ला अदालतको फैसला बिरुद्ध साहले मुद्दा गरेको थियो ।

धनुषाका कयौं युवाहरु हत्या लगायतका अपराधमा जेलमा रहेका छन् ।उनीहरुको मुद्दा जिल्लामा फैसला भएर उच्च अदालत सम्म पुगेको छ ।सर्वोच्चबाट अन्तिम फैसला नभए सम्म उनीहरुको मुद्दा चलिरहने कानुन व्यवसायीहरु बताउँछन् । साहले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए ।

पहिलो पटकको चुनावमा उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव उनले सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए ।साह राज्यमन्त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो ।राजनीतिमा खुट्टा जमाईसकेका साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए ।धनुषाका तत्कालिन प्रहरी प्रमुख एसपी उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट पक्राउगरि ल्याएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh