सिरहा । सिरहामा चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. ०८ बस्ने ३४ वर्षीय दिपेन्द्र दास रहेका छन् ।
दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !