काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा सोमबार बंगलादेशले शानदार गोल गर्दै भारतसँग बराबरीमा खेलेर खेल तालिकाको शीर्ष स्थान ओगट्न सफल भएको छ ।खेलको पहिलो हाफमा एक गोल खाएको बंगलादेशले दोस्रो हाफमा भारतलाई बराबरीमा रोक्न सफल भएको थियो । दोस्रो हाफमा चुनौतीका साथ खेलेको बंगलादेशले एक खेलाडी गुमाएर १० खेलाडीमै भारतसँग खेलेको थियो ।
बंगलादेशका खेलाडी विश्वनाथ घोसले रातो कार्ड पाएर मैदान छाडेपछि ११ खेलाडीबाट बंगलादेश १० खेलाडीमा सीमित हुन पुगेको थियो । तर, बंगलादेशले त्यस चुनौतीलाई अवसरका रुपमा परिणत गर्दै अन्ततः भारतलाई बराबरीमा रोक्यो ।सर्वाधिक सफल टिमका रुपमा चिनिने भारतलाई सोमबार बंगलादेशले दोस्रो हाफमा जादुमय खेल खेलेर बराबरीमा रोक्न सफल भएको छ ।
बंगलादेशका याशिन आराफातले भारतसँग पराजित हुनबाट जोगएका थिए । उनले हेडर गोल गर्दै भारतलाई बराबरीमा रोक्न सफल भए ।
दोस्रो हाफपछि कुनै टिमले गोल भने गरेन । दुवै टिमले एक एक अंक लिए ।
भारतका लागि सुनिल क्षेत्रीले खेलको पहिलो हाफमै गोल गरेका थिए । तर, दोस्रो हाफमा भने भारतले उत्कृष्ट खेल खेल्न सकेन ।
भारतसँग बराबरीमा खेलेको बंगलादेश ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । यसअघि बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो ।
तालिकाको दोस्रो स्थानमा रहेको नेपालले आज राति ९ : ४५ मा श्रीलंकासँग भिँड्दै छ । यसअघि नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई पराजित गरेर विजयी शुरुवात गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !