काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज सुन्धाराबाट पक्राउ गरेको हो। उनीलगायत सिभिलका अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको ब्युरोका डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए।
‘उहाँविरुद्ध ठगीमा उजुरी परेको हो, अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ,’ डीआईजी सिंहले भने। उनीविरुद्ध ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको छ। उनी पूर्व सांसद समेत हुन्।घटनाको थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !