बिरगंज । सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेशका डिआइजी गणेश ठाडा मगर हाजिर भए लगत्तै निरीक्षण र निर्देशनमा खटिएका छन् । भाेलि सशस्त्रको नेतृत्व सम्हाल्ने दाबेदार भएका डिआइजी मगर तस्करी नियन्त्रणमा सक्रिय रहने गरि लागेका छन् ।
तर सशस्त्रको दुई नम्बर प्रदेशका तल्लो तहका प्रहरीहरू जाे दशाै बर्षदेखि यही क्षेत्रमा कार्यरत छन् उनीहरूले ठाडा मगरको याेजना बिफल बनाउने अभियानमा रहेको देखिन्छ ।पर्सा स्थित गणमा घुमुवा भएर धेरै बदनाम भए पछि अघिल्लो डिआइजी सिपी गाैतमले पर्साबाट बारा लखेटेका सहायक हवल्दार जितेन्द्र सहनी अहिले बिदामा आउदा पनि आफ्नाे पुरानो धन्दा छाेडेका छैनन् ।
