काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै क्षेत्रमा सबैभन्दा कमजोर भएका छन् । शनिबार सम्पन्न बूढानीलकण्ठ नगरपालिकामा देउवा पक्षको प्यानल कमजोर देखिएको छ । देउवा पक्षबाट क्षेत्र नम्बर – ४ का सभापति राजु श्रेष्ठको प्यानलले सबैभन्दा कम मत पाएको छ ।
श्रेष्ठले बूढानीलकण्ठको पालिका अधिवेशनमा देउवा पक्ष राजु विक्रम थापाको नेतृत्वमा प्यानल खडा गरेका थिए । उनी यसअघि नेता प्रकाशमान सिंह निकट रहेपनि अन्तिम समयमा आएर देउवा पक्षमा लागेर उनले अर्को प्यानल गरेका हुन् ।
उक्त प्यानलबाट उम्मेवदवार बनेका राजु विक्रम थापाले स्वतन्त्र उम्मेदवारभन्दा कम मत पाएका हुन् । उनले जम्मा ४८ मत पाएका छन् । जबकी कुनै पक्षको सहयाता नलिई स्वतन्त्र उम्मेदवार बनेका राजन बुढाथोकीले सभापतिमा ६८ मत पाएका छन् ।
उता प्यानल नै विजयी भएको प्रकाशमान सिंह र गगनकुृमार थापाको समूहबाट उम्मेदवारी दिएका राजाराम बुढाथोकीले भने १५५ मत ल्याएका छन् । त्यस्तै राजारामसँगै उनकै प्यानलमा उम्मेदवारी दिएका उपसभापतिका उम्मेदवार सम्भु थापा र सानुकान्छा श्रेष्ठ, सचिवका उम्मेदवार विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी, सहसचिवका उम्मेदवार कुमार खड्का र निर्मला आचार्य पौडेल विजयी भए।
त्यस्तै सदस्यहरूमा भने यसअघि सर्वसम्मति गर्दा देउवा पक्षका सदस्यहरूलाई पनि पठाइएको छ। सभापति देउवासँगै बूढानीलकण्ठ युवा नेता गगनकुमार थापाको पनि क्षेत्र हो ।
नगर शनिबारको नगर अधिवेशनलाई हेर्दा मुख्यगरी काँग्रेस भित्रकै युवा नेता थापा र सभापनि देउवाबीचको प्रतिस्पर्धा जसरी हेरिएको थियो । यसम नेता थापालाई अर्का नेता प्रकाशमान सिंहको पनि साथ थियो । र सिंह र थापाको समूह प्यानल नै विजयी भएको हो ।
बूढानीलकण्ठमा प्रकाशमान–गगन प्यानलसँग अन्य कुनै पनि टीमले प्रतिस्पर्धा गर्न नसक्ने उक्त क्षेत्रका नेताहरुले प्रतिकृया दिएका छन् । अहिलेको नतिजा पनि देउवा पक्षले अरु समूहसँग मिलेकाले आएको क्षेत्र नम्बर ४ का नेपाली काँग्रेस सांसद न्हुच्छेनारायण श्रेष्ठले प्रतिकृया दिए ।
‘अरुसँग नमिलेको अवस्थामा देउवा पक्ष अझै सानो आकारमा खुम्चिने थियो’ उनले भने । उता देउवा देउवा पक्षमा लागेर प्यानल खडा गर्ने क्षेत्र नम्बर ४ का सभापति राजुराज श्रेष्ठ पनि अघिल्लो महाधिवेशनमा प्रकाशमान प्यानलमै रहेर विजयी भएको नेताहरुको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !