काठमाडौं । नेपालीका कांग्रेस काठमाडौंको शंखरापुर नगर समिति सभापतिमा दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् ।श्रेष्ठले ८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत ल्याए ।त्यस्तै, उपसभापतिमा श्रेष्ठकै प्यानलका मिलन खड्का ८६ र अमित प्रधान ८२ मत ल्याएर विजयी भएका छन् । सचिवमा रनबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी भए । सहसचिवमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् ।नगर सभापतिमा निर्वाचित श्रेष्ठ नेता प्रकाशमान सिंह निकट हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !