काठमाडौं । नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए । सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए ।
सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापा निकटका हुन् ।त्यस्तै उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !