रौतहट । प्रहरी गस्ती टोलीले अवैध सामानसहित एउटा नेपाली नम्बरको पिकअप गाडी बरामद गरेको छ । सीमा नाकाबाट हुने चोरी निकासी र पैठारी कार्य नियन्त्रण अन्तर्गत प्रहरीले भन्सार छलेको चिनीसहित पिकअप गाडी बरामद गरेको हो ।
प्रहरीले गौर नगरपालिका–५ मा ना १ ज ३२९६ नम्बरको पिकअप गाडीमा २० बोरा चिनी तथा अन्य समान बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।भारतको बिहार राज्यको मोतिहारी जिल्ला, कुंडवा चैनपुर ग्राम पञ्चायत घर भई हाल रौतहटको गरुडा नगरपालिका ३ बस्ने वर्ष ३५ का जोतनारायण साहले ल्याएको उक्त चिनीको बिल बिजक माग्दा नदिएपछि अनुसन्धानका लागि प्रहरीले चिनीसहित गाडी नियन्त्रणमा लिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !