काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।
जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिएकाे उनकाे भनाइ छ ।लेखीको राजीनामा पछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा जाने चर्चा चले पनि लेखीले भने जसपामा जानुको अर्थ नरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !