कपिलवस्तु । प्रहरीले अनाथालयको नाममा सहयोग माग्दै ठगी धन्दा गर्ने दिदीबहिनीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठगि गरेकाे आरोपमा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनीलाई पक्राउ गरेकोहाे ।
जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम संकलन गरेको अवस्थामा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको प्रहरीले जनाएको छ।
