काठमाडौं । अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेश गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । युएस डाइभर्सिटी भिसा (इडिभी)–२०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेश गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
पक्राउ पर्नेमा सर्टिफिकेश पेश गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की छन् । जीवन कार्कीले नविन दराईसँग १ लाख ७० हजार लिएर सर्टिफिकेट बनाएर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
मंगलबार महाराजगञ्ज र कलंकीबाट पक्राउ गरेर उनीहरुलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको एसएसपी खापुङले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !