काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका प्रकाश पौडेललाईसरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ल्याएको छ। विभागमा रहेका महानिर्देशक रामप्रसाद आचार्य गण्डकी प्रदेशमा सरुवा भएका छन्। पौडेल यसअघि वाणिज्य तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक थिए।
पौडेल बाणिज्य विभाग आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।प्रधानमन्त्री देउवा निकट रहेका पौडेलले शक्तिशाली विभाग पाएका छन्।
देउवा यसअघि प्रधानमन्त्री हुँदा प्रशासनिक निकायबाट सचिवालयमा थिए।राजस्व चुहावट नियन्त्रणका लागि विभाग महत्वपूर्ण मानिन्छ। केपीशर्मा ओलीको पालामा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको यो विभाग शक्तिशाली मानिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !