भक्तपुर । उच्च अदालतको अन्तरिम आदेशको ठाडो उल्लंघन गरी सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापाले सर्वसाधारण जनताहरुको घरमा दलबलसहित आई डोजर लगाउने काम गरेका छन् ।अदालते तत्काल स्थानीयको घर नभत्काउन निर्देशन दिए पनि मंगलबार दिउँसोदेखि घरभित्र मान्छे हुँदाहुँदै बलजबस्ती डोजरको प्रयोग गरि घर भत्काइएको छ।
कुनै जानकारी नदिई डोजर लिएर आएका वडाध्यक्ष थापाले सर्वसाधारणलाई घरबारबिहिन बनाउने नियतले घर भत्काउन लगाएको स्थानीयको आरोप छ । अध्यक्ष थापा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी एमालेको महेश बस्नेतनिकटका हुन् ।वडा अध्यक्षजस्तो व्यक्तिले गुन्डागर्दी शैलीमा सर्वसाधारणलाई जे पनि गर्न सक्ने धम्कीसमेत दिएको पाइएको छ । स्थानीयहरु वडाध्यक्ष थापासँग आक्रोशित बनेका छन् ।
अध्यक्ष थापाको यो ज्यादती सहन नसकेपछि असोज ११ गते बुधबार विष्णुकुमारी खड्काले आफू बसिरहेको घरमा डोजर ल्याएर भत्काउन लगाएपछि ग्रामिण सडक सुधार आयोजना, पुल्चोकलाई विपक्षी बनाई उच्च अदालतमा मुद्दा दायर गरिन् । अदालतले उनले दायर गरेको मुद्दा दुई पक्षबीच छलफल नगरी अघि बढाएको भन्दै तत्काल उक्त कार्य रोक लगाउन आदेश दिएको छ ।
तर, अध्यक्ष थापा गुण्डागर्दी शैलीमा उच्च अदालतको आदेश नमानी खड्कालगायत स्थानीयहरुको घर भत्काइरहेका छन् ।उच्च अदालतले दुई पक्षबीच सहमती भएर मात्र काम अघि बढ्ने वा नबढ्ने बारे आदेश दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !