काठमाडौं । उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच गाविस सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
एक दशकदेखि मृत्यु भइसकेका व्यक्तिको नामबाट मासिक भत्ता लिँदै आएको प्रमाण फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको हो ।
बुधबार अख्तियारले विशेष अदालतमा तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध मुद्दा चलाएको हो ।
आर्थिक वर्ष २०६३ देखि ७२ सम्म गरि झण्डै एक दशकअघिदेखि सामाजिक सुरक्षा भक्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूपयोग गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको मृत्यु भएपछि मृत्यु दर्ता गरिन्छ । त्यसपछि भत्ता कट्टा गरिन्छ । तर, तत्कालीन सचिवहरुले त्यसो नगरी मृतकको नाममा भरपाई बनाएर भत्ता लिइरहेको अख्तियारले अनुसन्धानमा फेला पारेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !