काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
उनी उपचारका लागि बुधबार बिहान हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेक हुन् । उनीसँगै पुनपत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गरेकी छन् ।
उनीहरु बिहान ७ बजेको फ्लाइटमार्फत उडेको बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेको नेता पुन बंशाणुगत जण्डिसबाट पीडित छन् ।
वरिष्ठ चिकित्सकको सुझाव अनुसार नेता पुन बैंकक प्रस्थान गरेका हुन् । उनको यसअघि २०७२ मा पनि उही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !