काठमाडौं । भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) अनुराग श्रीवास्तव काठमाडौं आएका छन् ।नेपाल–भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित श्रीवास्तज काठमाडौं आएका हुन् ।
बिहीबार परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सहभागी संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक बस्दै छ ।

















