Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘तनाव र विषम परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन’

काठमाडाैँ । नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ ।‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुलसमाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र वहुपक्षवाद भएका बताएको हो ।

बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्रसङ्घ रहेको बताउँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवद्र्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गर्नुभयो ।सङ्कटलाई अवसरमा, निराशालाई आशामा र जोखिमलाई प्रतिकारमा रुपान्तरण गर्नुपर्ने बेला आएको बताउँदै उहाँले सहयोग, एकता र आपसी विश्वासको धरातलमा सुदृढ, समावेशी र परस्पर सम्बद्ध बहुपक्षीय प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले सेवा गर्ने जनता र बस्ने पृथ्वीका लागि हामीले हाम्रो कर्तव्य गर्नैपर्छ”, नयाँ शिराबाट विश्वका नेताहरूले यो धर्ती र यसका बासिन्दाका खातिर आफ्नो कर्तव्यबाट विमुख नभई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खड्काले भन्नुभयो ।नेपालको विश्वदर्शन ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ सिद्धान्तअनुसार बनेको, राष्ट्रसङ्घको वडापत्रका उद्देश्य र सिद्धात, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नै नेपालको परराष्ट्र नीतिका आधार भएका उहाँले बताउनुभयो ।

त्रिसट्ठी वर्षभन्दा लामो समयदेखि नेपालले शान्ति, सुरक्षा र स्थिरतालाई बढावा दिन संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाको कार्यमा निरन्तर योगदान दिइरहेको तथा सबैभन्दा ठूलो सङ्ख्यामा सेना योगदान गर्ने देशहरुमध्येको नेपाललगायत देशलाई राष्ट्रसङ्घीय प्रधानकार्यालय र कार्यक्षेत्रमा उच्च तहमा समावेश गराउनुपर्ने नेपालको पुरानो माग उहाँले अघि सार्नुभयो ।

“अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय छन् । सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने हाम्रो योजनालाई अवसरका रुपमा लिएर त्यसनिम्ति संरचनात्मक रुपान्तरण गर्न तथा लामो समयदेखिको त्यो राष्ट्रिय आकाङ्क्षालाई सहज, दिगो र अपरिवर्तनीय बनाउन प्रतिबद्ध छौँ”, परराष्ट्रमन्त्रीले भन्नुभयो ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य हिस्सा रहे पनि जलवायु परिवर्तनको चपेटामा आफ्नो मुलुक पनि परेको वास्तविकता सुनाउँदै उहाँले सन् २०३० सम्ममा उत्थानशील जलवायु विकास पथ र सन् २०५० सम्ममा शून्य उत्सर्जनका लागि नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।

अल्पविकसित र भूपरिवेष्टित विकासशील देशहरूलाई भूमण्डलीकरणबाट लाभान्वित गराउन उनीहरूका संरचनात्मक अवरोध हटाउँदै भरपर्दो र दिगो वित्तीय सहायता, साझेदारी र प्रविधि हस्तान्तरण आवश्यक भएको बताउँदै उहाँले जारी सङ्कटलाई बहाना बनाएर बाह्य विकास सहायताको प्रतिबद्धताबाट पछि हट्न नहुनेमा जोड दिनुभयो ।

विश्व व्यापार सङ्गठन विधिमा आधारित अन्तर्राष्ट्रिय व्यापार सङ्गठनमात्र नभएर विकासशील देशहरुलाई अन्तर्राष्ट्रियतहबाटै व्यापारका निम्ति अधिक सहयोगका साथै प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमा सहायता गर्ने निकाय हुनुपर्ने तर्क मन्त्री खड्काले गर्नुभयो ।

आप्रवासन समस्या जटिल बन्दै गएको सन्दर्भ सुनउँदै उहाँले “हामी सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि ‘ग्लोबल कम्प्याक्ट’को प्रभावकारी कार्यान्वयन आह्वान गर्दछौँ र आप्रवासी कामदारहरूको सुरक्षा र हितका निम्ति अझ बलियो अन्तर्राष्ट्रिय व्यवस्थामा जोड दिन्छौँ”, भन्नुभयोे ।

अतिकम आय भएका देशहरूमा खोप असमानताको गहिरो प्रतिकूल सामाजिक–आर्थिक प्रभाव परेको, खोपलाई जनताको जीवनको हितका लागि सार्वजनिक सामग्रीका रुपमा घोषणा गरिनुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्रीले सङकटको समयमा आशालाई पुनर्जागृत गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ बाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसहित संयुक्त राष्ट्रसङ्घीय प्रणालीलगायत र सबैलाई, सबै ठाउँमा खोपको न्यायोचित र न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपाल सराहना गर्दछ ।”परराष्ट्रमन्त्रीले अफगानिस्तान, म्यान्मा, लिबिया, सिरिया, यमन र मध्यपूर्वको स्थितिबारे चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा, र स्थिरताका साथै जनताको मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा जोड दिँदै मन्त्री खड्काले महामारीका कारण दिगो विकासका लक्ष्य हासिल नेपालको प्रयासमा जटिलता थपिएको यथार्थ पनि सुनाउनुभयो । उत्थानशील पुनःप्राप्तिका निम्ति प्रयास भइरहेको र अझ असल एवं सबल निर्माणमा अग्रसर हुँदै दिगो विकासका लक्ष्य प्राप्ति नै नेपालको एकमात्र उद्देश्य भएको उहाँले बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh