काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरलाई भेटेका हुन् । भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति भएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !