काठमाडौं । घरमा गएर चोरी गरेको अभियोगमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।िल्ला प्रहरी कार्यालय चितवनको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय पुष्पा सिटौलालाई नियन्त्रणमा लिएको हो।असोज ६ गते दिउँसो १ बजेर ४० मिनेटमा उनले भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने सावित्री दवाडीको घरमा रहेको सुनचाँदी तथा नगद रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए।
उनलाई फलामको रड बोकेर हिँडिरहेको अवस्थामा समातेको थियो। उनको साथबाट १४ हजार ३ सय ५५ रुपैयाँ, सुनको मुन्द्रा ४ थान लगायतका सामानहरू बरामद गरेको छ। उनी विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद -२० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४२ चोरी गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !