लहान । जनप्रभाब राष्टिय साप्ताहिकका प्रकाशक/ सम्पादक आलाेक यादवले आफूलाई बदनाम गर्न खाेजिएकाे बताएकाछन् ।
यादवले ” विभिन्न सञ्चार माध्यामले आफूलाई तस्कर ” काे आराेप लगाएर समाचार प्रकाशन गरेकाेमा खेद ब्यक्त गरेकाछन् ।
मैले तस्करी गरेकाे प्रमाणित गर्न म चुनाती दि चहान्छु – लहानमा बसेर नेपाल – भारत सीमाका समाचारहरू लाई प्राथमिकता दिदै आएका यादवले भने – भ्रामक समाचारहरू प्रकाशन गरेर मेराे चरित्र हत्या गर्न खाेजियाे ।
तर आफू सत्यतथ्य खाेजमुलक समाचार प्रकाशन / प्रशारण गर्न नडगमगाउने बताउँदै पत्रकार यादवले न्यायका लागि प्रेस काउन्सिलमा उजुरी हाल्ने तयारी गरेकाछन् ।
बिगत एक दशक देखि पत्रकारीतामा सक्रिय यादव आफ्नाे उन्नतीप्रगतीले अत्तालिएकाहरूले अतिरञ्जित समाचारकाे आडमा बदनाम गर्न खाेजेकाे बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !