काठमाडौं । मंगलबार कपनको ढलमा खसेका बालकको शव शनिबार बाग्मति नदीमा फेला परेको छ । मंगलबार दिउँसो पानी परेपछि एक्कासी पानीको बहाव बढेका बेला ढलमा फसेका १० वर्षका बालकको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
कपनस्थित मिलनचोक नजिकै खोलामाथि बनाइएको सडकमाको ढलबाट १० वर्षीय उज्ज्वल विक फसेका थिए । बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो ।
देख्दा-देख्दै रोक्न खोज्दा बालक नदीमाथि बनेको सडकको ढलबाट फसेको स्थानीयको भनाइ छ । उनलाई बचानका लागि बोलाउदा पनि उनले नसुनेपछि उनी अन्धधुन्द फसेको स्थानीयको भनाइ छ ।
उनी फसेको देखेका स्थानीयहरुले प्रहरीलाई खबर गरेर खोजी पनि गरिएको थियो । तर मंगलबार दिउँसो ठूलो पानी परेकाले उनलाई उद्धार गर्न प्रहरीले पनि सकेको थिएन । तर शनिबार ललितपुरका स्थानीयले नदी किनारमा शव फेला परेको पाएपछि प्रहरीमा खबर आएको ललितपुर प्रहरीले जनाएको छ ।
त्यसपछि शव भेटिएको स्थानमा पुगेर अनुहार पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ । तर उनले लगाएको टिसर्टमा कपन मावि लेखिएकोले उज्वल विक नै भएको प्रहरीले पहिचान गरेको छ ।
बालकको शव बुझ्न उनका आफन्त आउदै गरेको ललितपुरले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !