पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।विजुक्छेका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत ल्याएका थिए ।
देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिका प्रत्यासी थिए ।कांग्रेस पोखरा महानगर उपसभापतिमा प्रयागराज भण्डारी भवसागर बराल विजयी भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !