रुपन्देही । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर रिजाल भदौ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर रिजालसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ र प्रहरी चौकी पिप्रहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र रावल रहेका छन् ।

















