काठमाडौं । एक पुरुषलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–२ घर भएका ४२ वर्षीय सीताराम विकलाई १३ हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । नेपाली रुपैयाँ करिब १५ लाख ३५ हजार बराबरको अमेरिकी डलर बोकेर पर्यटक भिसामा उनी एक साताका लागि दुबई हिँडेका थिए ।
एक सातापछि फर्किँदा सुनका बाला लिएर आउने गरी सीताराम दुबई जान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विदेश जाँदा १५ सयभन्दा बढी डलर लैजान पाइँदैन । तर, सुन तस्करी गर्नेहरुले नेपालबाट भरियालाई लैजाने र सुन बोकाएर पठाउने गर्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !