काठमाडौं । नेपाली सेनाले विभिन्न २१ प्राविधिक पदमा भर्ना आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय जंगीअड्डाले बुधबार २१ प्राविधिक पदको ७७ रिक्त सिटमा जनशक्ति माग गरेको हो ।
लेखा सेनानीमा सबैभन्दा धेरै २७ जनशक्ति माग गरिएको छ । त्यसैगरी प्राविधिक उपसेनानी डा. एमबीबीएसमा १३, प्राविधिक उपसेनानी लाइबेरियन ४ सिटका लागि भर्ना आह्वान भएको छ ।प्राविधिक पद भएकाले महिलाले ३० वर्ष नपुगेका महिला र २९ वर्ष नपुगेका पुरुषले समेत आवेदन दिन सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !